सातै प्रदेशमा सभा गर्ने सत्ता गठबन्धनको अघिल्लो निर्णयमा यस्तो संशोधन


सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन गरेको छ ।

नेपाली कांग्रसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बुधबार बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो ।

सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौँमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरू आवश्यकता अनुसार गठबन्धनका दलहरूले स्थानीय तहमै गर्ने गरी कार्यक्रम तय गर्न सक्ने समितिले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *