विहेकै दिन स्वेताको भावुक पत्र ,‘मैले सुरु गरेको जिन्दगीको अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ


विवाह बन्धनमा बाँधिएकै साँझ अभिनेत्री स्वेता खड्काले आफना दर्शक तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्दे एक पत्र लेखेकी छन्। सोमबार बुटवलका विजेयन्द्र सिंह राउतसँग लगनगाँठो कसेकी स्वेताले सामाजिक सञ्जालमा लेख्दै आफु एउटा यात्रामा पाइला चाल्न सुरु गरेको बताएकी छिन् ।
आफ्नो यो नयां यात्रामा सम्पूर्ण इष्टमित्र,आफन्तजन र सञ्चारकर्मी लगायतको सदिक्षा र आशिर्वादको खाँचो रहेको भन्दै फेसबुकमा लेखेकी छन्,

अनत्वगोत्वा मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।
मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ ।
मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।
म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको श-सक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ ।

त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत स् मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ(आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।’
तपाईकी उहि छोरी र चेली
श्वेता खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *