तीन वर्षपछि राखेपको बोर्ड बैठक, प्राथमिकतामा राष्ट्रिय खेलकुद
राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक तीन वर्षपछि सम्पन्न भएको छ। बोर्डको ११२औँ बैठकले जेठमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद र १९औँ एसियाली खेलकुदको तयारीबारे केन्द्रित भएको सदस्यसचिव टंकलाल घिसिङले बताए।
आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलसहित ३८ वटा खेल आयोजना गराउने बोर्डले निर्णय गरेको घिसिङले बताए। जसमध्ये दुईवटा खेल प्रदर्शनीका रुपमा हुनेछन्।
नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भात्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उस्सु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खोखो, कराँते, फुलकन्ट्याक्ट कराँते, आइटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरुमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता जेठ २२ गतेदेखि २८ गतेसम्म पोखरा हुँदैछ।