एकाबिहानै उठेर ॐ उच्चारण गर्दा स्वास्थ्यमा पनि फाइदा
एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ ।
ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो ।
ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ स्
पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन । मालाको प्रयोग गरेर पनि तपाईं ॐ को उच्चारण गर्न सक्नुहुन्छ ।ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि काम गर्ने क्षमता यसबाट बढ्छ अनि तपाईं सक्रिय हुनुहुन्छ ।
ॐ उच्चारण गर्दै प्राणायाम गर्दा कमजोर फोक्सो पनि बलियो हुन्छ । दमको रोगीले ॐ जप गर्दा फाइदा पुग्छ ।
निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेको राम्रो हुन्छ ।
ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र स्फुर्ति उत्पन्न हुन्छ । शरीर ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ । भिटामिनको चक्की खानुभन्दा ॐ उच्चारण गरेको ठीक ।
ॐ उच्चारण गर्दा शरीरको पाचनक्रिया पनि गजबको हुन्छ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो गर्छ ।
पैसा कमाउने चक्करमा भागदौड गरिरहेका मानिसलाई अनेकथरी तनाव हुन्छ । ॐ जप गर्दा तनाव कम हुन्छ र सोच्ने शक्ति प्राप्त हुन्छ । मन शान्त भयो भने समस्याको समाधान निकाल्न सहज हुन्छ ।
आजकल थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । यसका लागि औषधि खानुभन्दा बिहानै उठेर ॐ उच्चारण गर्नुस् । गलामा कम्पन भएर थाइरोइड ग्रन्थिमा सकारात्मक प्रभाव पर्छ ।