विवाहको तयारीमा कलाकार मनोज गजुरेल
दुई वर्षअघि पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि कलाकार मनोज गजुरेलले अब दोस्रो बिहे गर्ने भएका छन् ।
महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदगरि अलग–अलग समेत बस्न थालेका थिए ।