निजी सवारी साधन आयातमा गरिएको कडाई केही समयका लागि मात्र


अर्थमन्त्री जनार्दन शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नअत्तालिन व्यवसायीलाई आग्रह गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीहरूको छलफलमा उनले अर्थतन्त्र अलि दबाबमा रहेको बताए । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला रहेको भन्दै उनले निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउन आग्रह गरे ।

नाडाका अध्यक्ष ध्रुव थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए । यस्तै उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थल निर्माणका लागि बजेट विनियोजन गर्न पनि सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *