राजस्व चुहावट आरोपमा ६ जना विरुद्ध मुद्दा दायर


राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले २१ करोड २ लाख ३८ हजार ३ सय ७३ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा ६ जना विरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर गरेको हो ।

विभागका अनुसार महानगरपालिका वडा नम्बर २८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल काभ्रेपलाञ्चोक श्यामवहादुर श्रेष्ठ, विरगञ्‍ज महानगरपालिका वडा नम्बर २ को विष्णु एण्ड विकेश सप्लायर्स रमाशंकर गुप्ता, मनोज साह कलवार, गुल्मीका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर वर्ष ४२ का विष्णु प्रसाद घिमिरे, काठमाडौंको ताहाचलमा बसोबास गर्ने भारतीय आधारकार्ड भएका अमितकुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुले मूल्य अभिवृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७०३ रुपैयाँ, आयकर तर्फ ८ करोड २७ लाख ४५ हजार ८२७ र अन्यतर्फ २ करोड ७८ लाख ३ हजार ८४२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ । सोहि रकमको शतप्रतिशत जरिवानाको माग दाबी गर्दै विभागले मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *