शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्


हिन्दु धर्मको मत अनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव रहन्न्। त्यसैले हरेक बारको आफ्नै खालको महत्व रहि आएको छ।

यद्यपि, कुनै-कुनै दिनमा भने देवी-देवताको विशेष पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास रहेको छ। सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछन्।
हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ।

शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ। त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ। यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *