स्थानीय निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न जरुरी छैन् : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

कांग्रेस काठमाडौँ वडा नं ८ ले बिहीबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्।

उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि उनले बताए ।थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुन-कुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाए।

गठबन्धनको विरोधमा अभिव्यक्ति दिने ओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *