माछापुच्छ्रे बैंकले अब २४ सै घण्टा सेवा प्रदान गर्ने


माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो ।

ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जालतथा टेलिफोन मार्फत सुविधादिर्दै आई रहेको बैंकले जनाएको छ ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नुहुनेछ । जसबाट ग्राहकहरुले बैंकसंग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू।आर।कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *