प्रभु इन्स्योरेन्सको लाभांश पारित


प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभाले बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ । बुधबार “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत भएको हो ।

वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु, २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ/नयाँ भेरियन्टको असर परेकाले बीमा क्षेत्रमा असर परेको बताइन ।

वार्षिक साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्व २८ करोड ९७ लाख ११ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरूबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *