निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिन्छ :शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने धारणा प्रकट गरेका छन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले राष्ट्रियस्तरमै वामपन्थी पार्टीसित गठबन्धन गर्न लागिरहेका बेला नेता कोइरालाले तालमेलको अवधारणा अघि सारेका हुन्। कोइरालाले सुरुदेखि नै गठबन्धनको विरोध गर्दै आएका थिए।

विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कोइरालाले भने, ‘कुन ठाउँमा कोसित मिलेर जाने भन्ने निर्णय स्थानीय आवश्यकता र त्यहाँका कार्यकर्ताको छलफलबाट हुने हो। त्यही गर्नुपर्छ। माथिबाट लादिएको गठबन्धनलाई स्वीकार गर्न सिद्धान्तनिष्ठ कांग्रेसजन तयार छैनन्।’

उनले स्थानीय आवश्यकताअनुसार स्थानीय नेता र कार्यकर्ताले गर्ने तालमेललाई पनि गठबन्धन नभनेर तालमेल नै भन्नुपर्ने विचार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *