आईपीएल : कोलकत्ता नाइट राइडरर्स शीर्ष स्थानमा


इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स विजयी भएको छ।

कोलकत्ताले पुनेमा बुधबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको हो। यो जितसँगै कोलकत्ता आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।

कोलकत्ताको जितमा पाट कुमिन्स ५६ र भेन्काटेस आयरले ५० रन बनाए। मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुईदुई विकेट लिए।पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ५२ र तिलकवर्माले अविजित ३८ रन जोडे। कोलकत्ताका पाट कुमिन्सले दुई, उमेश यादव र वरुण चक्रवर्तीले एकएक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *