यी तीन प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।
प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
प्रदेश-१ को पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।