भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिचको ‘वान अन वान’ वार्ता सकिएको छ।
हैदरावाद हाउसमा भएको छलफलमा दुई देशका जनताको पारस्परिक हितका बारेमा कुराकानी भएको थियो। यस्तै, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने बारेमा दुवै प्रधानमन्त्री बिच छलफल भएको थियो।
भारतीय पक्षले दुवै प्रधानमन्त्रीबिचको भेटमा नेपाल र भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्नेबारेमा छलफल भएको जनाएको छ।
मोदी र देउवाबिच ‘वान अन वान’ वार्ता पछि अहिले प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता चलिरहेको छ। आज दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। यस्तै, जयनगर-जनकपुर रेलवेको पनि उद्घाटन हुनेछ।
तीन दिने भ्रमणको क्रममा देउवा शुक्रवार दिल्ली पुगेका थिए। शुक्रवार देउवाले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका थिए भने भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।