बक्यौँता रकम सरकारलाई नबुझाउने तीन क्यासिनो बन्द गरिने
तीन क्यासिनोलाई बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागले पत्राचार गरेको छ ।
बक्यौँता रकम सरकारलाई नबुझाउने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो ।यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।
यस अवधिमा रकम नबुझाएका कारण विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको हो ।पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालिबाट ३० करोड ३८ लाख, ह्याप्पी आवरबाट ३० करोड १७ लाख र ओरियन्टल होटल्सबाट ३० करोड उठाउन बाँकी छ ।