‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ चैत्र २५ गतेदेखि
‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना गर्न लागेको हो।
महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला र संस्कृतिसहितको झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस अघि २०७६ सालमा राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेिएको थियो। उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली प्रदर्शन गरिएको थियो।टुँडिखेलमा हुने महोत्सवलाई दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन्। विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ।
प्रतियोगतामा प्रथम हुनेले ५ लाख, दोश्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।