नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने
उत्तर एटलान्टिक सन्धी संगठन नेटोले पूर्वी युरोपमा थप सैनिक पठाउने भएको छ । नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यस विषयमा सहमति जनाउने बताए ।
नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गको यस्तो भनाइ आएको हो । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई मध्यनजर राख्दै पूर्वी युरोपमा थप सैनिक परिचालनको आवश्यकता रहेको टिप्पणी गरे ।सम्मेलनमा बोल्दै स्टोल्टेनबर्गले भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नेछन् ।’