निर्वाचन आयोगले निर्वाचन सामग्री अन्यत्रै छपाइ गर्ने
निर्वाचन आयोगले मशिन मर्मत गर्न डेढ करोड रकम आवश्यक पर्ने भएकाले निर्वाचन सामग्री अन्यत्र छपाउन लगाएको प्रष्ट पारेको छ ।
मेसिन जडान गर्दा चाहिएको प्राविधिक जनशक्तिसमेत अहिले हामीसँग छैन,ु निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ुत्यसबाहेक ५ वर्षमा एक पटक मात्र प्रयोग हुने हुँदा मर्मत गर्दा पनि डेढ करोड रकम अहिले आवश्यक पर्ने भएकाले बाहिर छपाउन लागिएको हो ।
आयोगले निर्वाचन सामग्री छपाउन विगतको स्थानीय तह निर्वाचनमा २१ करोडको लागतमा दुई वटा मशिन खरिद गरेको थियो । तर, अहिले उक्त मशिनको मर्मत खर्चसहित आवश्यक जनशक्ति आउटसोर्सिङ गर्दा लाग्ने लागतभन्दा बढी प्रभावकारी बाहिर छपाउँदा हुने निष्कर्ष निकालिएको उनको भनाइ छ ।