सडक आन्दोलनमा कांग्रेस , मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।बैठकपछि वरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबाद तर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताए ।
पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने सरकारी नीति अन्र्तगत नै आफूमाथि प्रहरी दमन भएको बताएका छन् ।