४१ देशमा गएका नेपाली श्रमिकमा कोरोनाको असर, करिब १६ लाखकोे रोजगारी गुम्यो
राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणले कोभिडका कारण नेपाल र विदेशमा काम गर्न गएका समेत गरी करिब १५ देखि १६ लाख नेपालीले रोजगारी गुमाएको थाहा लागेको छ।
कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत ९ लाख २० हजारको रोजगारी गुमेको छ भने कोभिडका कारण विदेशमा रोजगारी गुमाएर साढे दुई लाखभन्दा बढी नेपाल फर्किएका छन् । आयोगले गत चैत, वैशाख, जेठ र असारसम्म गरेको अध्ययनले कोभिडका कारण सो मानिस बेरोजगार भएका उल्लेख गरेको छ ।