ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।
शुक्रवार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एक मात्र शिकार आरक्षका रूपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।
ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरूप विकासका गतिविधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे ।संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानूनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे । सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए ।