नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता


नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता भएको छ।नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले सम्झौता गरेको हो।

यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा उपलब्ध गराउनेछ।

बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख छ। सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत ९डनिल०, र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *