आयल निगमको वार्षिक साधारण सभा चैत २५ मा


नेपाल आयल निगम लिमिटेडको ४०औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । सभा निगमको सभाकक्ष टेकूमा दिउँसो १ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *