चैत महिनामै आउला त मेलम्चीको पानी काठमाडौंमा ?


गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।सरकारले वि।सं।२०७९ वैशाख १ गते भित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी,लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफरड्याम) हेडवक्र्सर अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ ।
खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्नेगरी कार्ययोजनासहित काम गरिरहेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले बुधबार प्रभावित क्षेत्रको निरीक्षण गरे ।निरीक्षणका क्रममा उनले चैत तेस्रो सातासम्म काठमाडौँमा पानी पुर्‍याइने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *