विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशी शक्तिहरूले नेपालमा माओवादी सिध्याउँन दुई दलीय व्यवस्था स्थापना गर्न सक्रिय रहेको बताएका छन्।
विराटनगरमा आयोजित माओवादी केन्द्रको प्रदेश-१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय देखी सबै चुनावमा माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिरहेको बताए।
उनले विदेशी षड्यन्त्र असफल पार्न माओवादीले स्थानीय, संघीय र प्रदेश तहको चुनाव जित्नैपर्ने अवस्था आएको बताए।प्रचण्डले माओवादीले चुनाव नजिते माओवादी पार्टी र उम्मेदवारले मात्र नभएर नेपालले नै हार्ने दाबी गरे। उनले माओवादीले हार्दा क्रान्तिका उपलब्धी, समावेशी, समानुपातिक लोकतन्त्र सबैले हार्ने भन्दै चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे।