भुलवश पाकिस्तानमा क्षेप्यास्त्र प्रहार भएको भारतको दाबी


भारतले भुलवश पाकिस्तानमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। बुधवार भारतबाट प्रहार भएको मिसाइल प्रहार पाकिस्तानमा खसेको थियो। पाकिस्तानी सेनाले भारतीय मिसाइल आफ्नो भूमिमा प्रहार भएको भन्दै पत्रकार सम्मेलन गरेको थियो। मियन चन्नु क्षेत्रमा खसेको मिसाइलबाट मानविय क्षति नभए पनि केही भौतिक क्षति भएको सेनाले जनाएको छ।

शुक्रवार भने भारतको रक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतले नियमित मर्मतका क्रममा प्राविधिक त्रुटिका कारण उक्त मिसाइल प्रहार भएको जनाएको हो। मन्त्रालयले उक्त मिसाइल प्रहार भएको घटनाको अनुसन्धान गर्न उच्चस्तीय अदालत गठन गर्न आदेश दिएको जनाएको छ।

पाकिस्तानले भने भारतलाई यस प्रकारका लापरवाही नगर्न सचेत गराएको छ। यस्ता घटना दोहोरिए अप्रिय परिणामहरु आउन सक्ने भन्दै पाकिस्तानले भारतलाई चेतावनी दिएको छ। पाकिस्तानले उक्त मिसाइल आक्रमण भएको बारे अध्ययन प्रतिवेदन साझा गर्न पनि भारतसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *