एमसीसीले नेपाली सार्वभौमिकतामा प्रश्न उठाएको छैन : रामकुमारी झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् ।मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्विकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आयोजकहरुलाई प्रश्न समेत गरिन् ।नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनियाँमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।
सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्याइन् ।मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो ।
यसलाई संसदमा डिबेट गरेर पास गरियो । अव हामीले गफ गरेजस्तै एमसीसी स्विकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी भन्दा अर्को आधा दुनिँया त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याइन्।