माओवादीमा थपिए ५० केन्द्रीय सदस्य,२५ प्रतिशत वैकल्पिक


नेकपा (माओवादी केन्द्र)ले केन्द्रीयमा ५० सदस्य थप गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले ५० जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । योसँगै केन्द्रीय सदस्यको संख्या २९७ पुगेको छ ।महाधिवशनले २४७ सदस्य चयन गरेको थियो । माओवादीले २५ प्रतिशत वैकल्पिक सदस्य चयन गर्ने भएको छ । त्यसबारे भने अर्को बैठकबाट निर्णय गरिने नेता वर्षमान पुनले जानकारी दिए । आजको बैठकमा ९७ केन्द्रीय सदस्य प्रस्तावित गरिएको भए पनि विवादमा परेपछि ५० सदस्य मात्रै चयन नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *