मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङलाई


मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले पहिरेकी छिन्। मम्स इन्टरनेसनल नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना विजेता बनेकी हुन्। रञ्जनााई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिरिदिइन्।

रञ्जनाले उपाधिसँग एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन्। उनले ५० हजार नगद पुरस्कार हात पारिन्। डिजी लोप्चनले भने सेकेन्ड रनरअपमा चित्ता बुझाइन्। उनले उपाधिसँगै नगद ३० हजार नगद प्राप्त गरिन्।

मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, एक नेपालका अध्यक्ष केडी मोक्तान, मिस तामाङ २०१७ पिंकी घिसिङ, फिल्म निर्देशन राज किङ वाइबा, माया फाउन्डेसनका अध्यक्ष डा दिलबहादुर थोकर प्रतियोगिताका निर्णायक थिए। तामाङ संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तर गर्न हरेक वर्ष मिस तामाङ आयोजना गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *