सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्छ : केपी शर्मा ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले जिम्मेवार पार्टी भएकाले सक्छु भन्ने हेक्का भए पनि महाअभियोगको विषयमा परिस्थिति हेरेर बसेको बताए ।
“सभामुखमाथि महाअभियोग ल्याउन सकिन्छ । नल्याउन पनि सकिन्छ,” उनले भने, “उहाँले राजीनामा नगरे ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौँ । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौँ ।”