काठमाडौँ-तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण शुरू


तराई-मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण शुरू भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ ।द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ ।सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिपे्रसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण शुरू भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ ।

दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *