नेपालमा डिम्याट खाताको संख्या ५० लाख नाघ्यो
नेपालमा डिम्याट खाताको संख्या ५० लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार फागुन १५ गते आइतबारसम्म डिम्याट खाताको संख्या ५० लाख ७ हजार २ सय ४२ पुगेको छ ।
पछिल्लो ५ महिनाको अवधिमा ५ लाख डिम्याट खाता थपिएका हुन् । गत असोज २२ गते शुक्रबारसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ थियो ।
डिम्याट खाताको संख्या ह्वात्तै बढेपछि यो वर्षमा अघिल्लो वर्षको रेकर्ड तोडिने निश्चित छ । आर्थिक वर्ष ७७र७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६र७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।
यस अवधिमा मेरोशेयर खाता भने ४१ लाख १९ हजार २१ वटा रहेको छ । हाल ८२ कम्पनीले डिपी अर्थात् डिम्याट खाता खोल्ने सेवा प्रदान गरिरहेका छन् ।