विश्व बैंक र नेपालबीच खोप र स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब सहुलियत ऋण सम्झौता


विश्व बैंकले कोभिड-१९ आकष्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि सहुलियत ऋण प्रदान गरेको छ । उक्त ऋण सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् ।जस अनुसार विश्व बैंकले नेपाललाई उक्त कार्यका १८ मिलियन अमेरिकी डलर ९करिब रु. २ अर्ब १४ करोड० थप सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्नेछ । प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपाल सरकारले लिएको कोभिड-१९ विरुद्धको सर्वब्यापी खोप अभियान विस्तारमा थप सहजता हुने र यस सहायताबाट ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी हुने खोप खरिदका लागि सहयोग पुग्नेछ विश्वास लिइएको छ ।

‘यस महामारीले सिर्जना गरेको निरन्तर बदलिदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ ।बाह्र बर्षभन्दा माथिका सम्पुर्ण नेपालीहरूका लागि कोभिड–१९ विरूद्धको शुरूवाती चरणको खोपका साथै बुस्टर डोज प्रदान गर्ने क्रममा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ,’ अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले सबै नेपालीमा, विशेष गरेर बालबालिकाहरूमा, खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ ।
’प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड–१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *