एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक शेयर फागुन १३ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सचुना जारी गरेको छ ।

यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *