सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग बस्न सकिँदैन


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए ।उनले भने, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *