एनएमबि बैंकको संस्थापक शेयर विक्रीमा
एनएमबि बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरु मान बहादुर फागुनको नाममा रहेको ५० हजार ९३७ र दयाराम भट्टराईको नाममा रहेको ९७ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।
यी शेयर खरिदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाई छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ।