स्थानीय तह निर्वाचनका लागि करिव २५ लाख मतदाता थपिए


निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ ।

आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो ।

२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *