समृद्धि फाइनान्सको हकप्रद शेयर निष्कासन फागुन ८ देखि


समृद्धि फाइनान्स कम्पनी लिमिटेले फागुन ८ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ बरावर १ अनुपातमा रू. एक सय अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा शेयरधनीले फागुन २९ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गते सम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रानेपालले इक्रा एनपी आर सि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाँउछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५४ करोड ५९ लाख रहेको छ ।

हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ । विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *