सर्वसाधारणको लागि राष्ट्र उत्थान लघुवित्तले आइपीओ निष्काशन गर्ने


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने भएको छ। राष्ट्र उत्थानले प्रति कित्ता १ सय रुपैयाँका दरले आगामी फागुन ४ देखि फागुन ८ सम्मको लागि ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो।

आइपीओमा आबेदन दिने अन्तिम मिति फागुन ८ गते तय गरिएको छ। यदि ८ गतेसम्म पनि निष्काशन गरिएको आइपीओ बिक्रि नभएमा फागुन १८ गतेसम्मको लागि म्याद थप हुन सक्नेछ। तर सामान्यतया लघुवित्त वित्तीय संस्थाको आइपीओमा तोकिएको दिन भित्र नै अत्यधिक आबेदन परेको उदाहरण भएकाले फागुन ८ गते नै अन्तिम म्याद हुने सम्भावना बढी छ।

राष्ट्र उत्थानले निष्काशन गरेको ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीको लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ।

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *