नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

सरकारले माघ १७ गतेको मन्त्रिपरिषदको बैठकले पाल्पाका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो। नेप्सेको सीईओका लागि डा. केशव श्रेष्ठ, डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो ।

नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *