माघ१५ गतेसम्म सिनेमा हल बन्द


सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आइतबार सार्वजनिक गरेका हुन् ।

जसअनुसार माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।यस्तै सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *