जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स नेपाल’को उपाधि

बाल गायन रियालिटी सो द भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीले जितेका छन् ।
शनिबार राति सम्पन्न फिनालेमा उनी विजेता घोषित भएका हुन् ।उनले नगद १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । आठ जना प्रतियोगीबाट दर्शकबाट प्राप्त मतका आधारमा जेनिशलाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।उनी टिम प्रमोदमा थिए । उनको घर झापा हो ।