ओमिक्रोन संक्रमण,खोप नलगाएकालाई १० गुणा र मृत्यु हुने सम्भावना २० गुणा बढी
कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएकाभन्दा १० गुणा बढी हुने पाइएको छ ।
त्यस्तै खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालले अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुनसक्ने र एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताए ।
ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउनसक्ने पनि उनले जानकारी दिए । डा. कोइरालाकाअनुसार ओमिक्रोन संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्याउँछ । डेल्टा भेरियन्टजस्तो यसले सिधै फोक्सोमा आक्रमण भने नगर्ने उनले बताए ।