प्रधानमन्त्री देउवाले डा गोविन्द केसीसँग गरेको सम्झौताबाट ओली आक्रोशित


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीसँग ९ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीहरूलाई सप्लाई गरेर कारोबार चलाउनेहरूलाई साथ दिएको आरोप लगाएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेकोसमेत आरोप लगाए ।

उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा विद्यार्थी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे ।
उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौता भएको र त्यसबारे बुद्धिजीविहरूले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे ।उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरूमा तरलताको अभाव देखिएको दाबीसमेत गरे । अध्यक्ष ओलीले भने, ूहिजो प्रधानमन्त्रीले एकजना कुन डाक्टरसँग ९ बुँदे सम्झौता गरे रे १ ७ वटा माग पूरा गर्न ९ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाइँदैन । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरू बर्बाद हुन्छन् । त्यसकारण विदेश पढन पठाउनलाई यहाँ खोल्न नदिने । सक्नेले पैसा र छोराछोरी बाहिर पठाऊ, नसक्ने बर्बाद होऊ । तर विदेशको विद्यार्थी सप्लाईको कारोबार चलाउनुपरेको छ यहाँ । स्कुल, क्याम्पस बन्द गर्नु परेको छ । बुद्धिजीविहरू मौन छन् । अर्थतन्त्र ध्वस्त छ,उनले भने ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै इज्जत नभएकाहरू सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यंग्य पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *