पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजमाथि राम कार्कीको फरक मत


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन् ।

कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब दिएका छन् ।
कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा प्रतिवेदन पेश गरेका छन् ।
उनले प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो, मूल बाटो, तत्काल गर्नुपर्ने काम र धारणाको पक्षमा थप आधार उपशीर्षकमा प्रतिवेदन तयार पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *