बाँकी रहेका १६ जिल्लामा कांग्रेसले पुष २७ गते जिल्ला अधिवेशन गर्ने
नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्ला कांग्रेसको जिल्ला अधिवेशन भएको छैन। क्रियाशिल सदस्यता विवादका कारण ति जिल्लाहरुमा अधिवेशन हुन नसकेको हो।