अब निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

सरकारले अब निजी अस्पतालहरूबाट पनि कोभिड १९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खोप दिइने जानकारी गराएको हो ।पचास बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरिका ५० बेडभन्दा बढी क्षमता भएका अस्पतालहरूबाट निशुल्क खोप दिइनेछ ।
मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेस्म खोप लगाउन आग्रह गरेको छ ।