आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारण सभा पुस ३० गते
आरएमडिसी लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा अमृतभोग कालिका स्थान काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न उपयुक्त देखिएकामा आवश्यक सम्पूर्ण कार्यहरु अगाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १८ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।