संसद्मा मेरो उपस्थितिले ओलीको सातो गइरहेको छ: माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संसद्मा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए ।संसद्मा कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलब छैन ।
नेपाली जनताको सातो कायम रहनुपर्छ । नेपाल राष्ट्रको गरिमा माथि उठनुपर्छ । कम्युनिस्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउनु पर्छ । हाम्रो ध्येय यही नै हो, नेता नेपालले भने ।
मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसद्मा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दाबी गरे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उनले एमालेले संसदबाट आफूहरूलाई हटाउन दबाव दिएपनि त्यो अधिकार कसैलाई नरहेको बताए ।